अविवाहित इलियाना गर्भवती

0
Shares

बलिउड अभिनेत्री इलियाना डिव्रmुजले आफू गर्भवती भएको खुलासा गरेकी छन्।

उनले हालै इन्स्टाग्राममार्फत आफू गर्भवती रहेको खुलाएपछि बलिउडमा तहल्का मच्चिएको छ। इलियाना गर्भवती रहेको खबर अन्य अभिनेत्रीको तुलनामा चर्चामा यो कारणले छ कि उनले न विवाह गरेकी छन्, न त आफ्नो प्रेमीबारे खुलासा नै गरेकी छन्। उनले इन्स्टाग्राममा सेयर गरेको तस्वीरमा शिशुको कपडाका साथमा आफ्नो बच्चाको साथ छिट्टै भेट्नका लागि आतुर रहेको उल्लेख गरेकी छन्।

उनको यो तस्वीरमा धेरैले बधाई दिनुका साथै हुनेवाला बच्चाको पीताको बारे चासो राखेका छन्, तर यसबारे उनी मौन छिन्। केही वर्षअघि इलियाना अस्टेझलियाली फोटोग्राफर एन्ड्रयु निबोनका साथ प्रेम सम्बन्धमा रहे पनि उनीहरु सन् २०१९ मा छुट्टिएका थिए। त्यस्तै, गत वर्ष उनी अभिनेत्री कटिझना कैफ र विक्की कौशलका साथ माल्दिभ्समा छुट्टै मनाउन गएपछि कटिझनाको नजिकका भाइ तथा मोडल सेबास्टिन लरेन्टका साथ प्रेम सम्बन्धबारे गसिप चले पनि यस बारेमा उनीहरुले मुख खोलेका छैनन्।