वाङदीले संगीतमा ल्याए स्वदेशको सम्झना



गीतकार तथा गायक वाङदी शेर्पाको नयाँ गीत परदेशबाट म आको सार्वजनिक भएको छ।

आप्mनो देश, माटो, गाउँघर, पाटी पौवा, उकाली ओराली, साथी संगी, मेलापात र बजार हाटका घर्मैलो सम्झनाका तरेलीहरुले हरेक पल परदेशीको मनमा डेरा जमाउने विषयको सेरो फेरोमा तयार पारिएको गीतमा वाङदी शेर्पाको शब्द रचना तथा अशोक मुकारुङको लय छ। गीतकार शेर्पाको स्वरमा रेकर्ड भएको गीतको स्टुडियो भिडियो पनि सार्वजनिक गरिएको छ। राजु कार्कीको एरेञ्ज रहेको गीतको भिडियो सेवा इन्टरटेन्डमेन्ट युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ। भिडियोमा योगेन मुकारुङको छायांकन र जीवन मुकारुङको सम्पादन रहेको छ।

भोजपुर जिल्लाको भाम्राध्रमा जन्मिएका गायक तथा गीतकार शेर्पा अमेरिकाको न्युयोर्कमा बस्दै आएका छन्। उनले दुई दर्जन जति गीत लेखिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्