नुहाउने क्रममा डुबेर दाङमा डुवेर एक किशोरीको मृत्यु

0
Shares

दाङ । 

दाङमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको ज्यान गएको छ ।  आज बिहीवार दिउँसो हापुर खोलामा बाँधिएको कुलाको बाँधमा नुहाउने क्रममा तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टाकी १४ वर्षीया चेतना रावतको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

सङ्ग्राम खोला र हापुर खोलाको दोभानमा नुहाउन गएको बेला खोलामा डुबेकी किशोरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिए ।