१४ लाख नगदसहित १ जना प्रहरी नियन्त्रणमा

0
Shares

पर्सा । पर्सामा स्रोत नखुलेको १४ लाख नगदसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई हिजो (बुधबार) दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगरपालिका–११ स्थित सडकबाट स्रोत नखुलेको १४ लाख नगदसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

विषेश सूचनाको आधारमा वडाप्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले प्रदेश ३–०३–००१ प १२३३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त नगदसहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

बारा जितपुर सिमरा उपमहानगरपालिका–७ बस्ने ३२ वर्षीय छठु महत्तोलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।