कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु

0
Shares

कालीकोट । नरहरीनाथ गाउँपालिका-७ ओखरेनीगाड सिरुपाटा भन्ने स्थानमा घर छाउने ढुङ्गाको पत्थर निकाल्ने क्रममा माथिबाट ढुङ्गासहितको पहिरो खस्दा सोही ठाउँ बस्ने ३५ वर्षीय मंगल शाही र ५५ वर्षीय खोटे कुमालको बुधबार दिउँसो मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।