लोक दोहोरीमा ज्यान चोखो

0
Shares

गायकद्वय विष्णु थापा र धिरज खत्रीको साथमा गायिकाद्वय शान्ति पोखरेल र गोमा महतको स्वरमा नयाँ लोक दोहोरी गीत ज्यान चोखो हालै डिजिटल बजारमा सार्वजनिक गरिएको छ।

चर्चित गीत जाईफूलको बासनाका सर्जक दिनेश भण्डारीको लय रहेको गीतमा गायक विष्णुको शब्द रचना छ। गीतमाथि बनेको आकर्षक भिडियोमा गायक धिरज खत्रीका साथमा मोडलहरु गोविन्द लामा, सन्ध्या सानु र करुणा चापागाईंको नृत्य तथा अभिनय रहेको छ। हुम गैरेको निर्देशन तथा कविर श्रेष्ठको कोरियोग्राफी रहेको गीतको भिडियोमा गायकगायिका विष्णु थापा, धिरज खत्री, शान्ति पोखरेल र गोमा महतलाई पनि फिचर्ड गरिएको छ। लोकेश वलीको छायांकन रहेको भिडियो हुम गैरेले सम्पादन गरेका हुन्।