गणपतिको कथानक गीत सार्वजनिक

0
Shares

आगामी जेठ ५ गते रिलिज हुने फिल्म गणपतिको गाढा भइदियो बोलको कथानक गीतको छोटो भर्सन सार्वजनिक गरिएको छ।

गीतको मर्मअनुसार हाललाई छोटो भर्सन सार्वजनिक गरिएको र पूरा गीत हेर्न फिल्म रिलिजको प्रतीक्षा गर्नुपर्ने यसका निर्देशक सविन अधिकारीले जानकारी गराए। गणपति उनको डेब्यु निर्देशनको फिल्म हो। सार्वजनिक गीतमा निर्देशक अधिकारीकैै शब्द तथा संगीत रहेको छ भने अनिश अधिकारी र बेनिशा पौडेलको स्वर रहेको छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु मुकुन भुसाल र मेनुका प्रधानको बाल्य र युवा काललाई चित्रण गरिएकोे छ।

फिल्मले नेपाली समाजको चरित्र चित्रण गर्ने तथा कोही व्यक्ति कुनै बेला त्यही समाजको भगवान् र कुनै समय नारकीय व्यवहार हुने लेखक तथा निर्देशक अधिकारीले बताए। मुकुन र मेनुकाका साथमा कविता न्यौपाने, सूर्यमाला खनाल, स्व. जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीकाभक्त जिरेल, देवेन्द्र बब्लु, सुशील पोखरेललगायतले अभिनय गरेको फिल्म ए बिग म्यान फिल्म्स्को ब्यानरमा लक्ष्मण थापाले निर्माण गरेका हुन्। फिल्मले आस्थाको रुपमा रहेका भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने निर्माता थापाले बताए।