यस्तो छ आजको राशिफल

0
Shares

मेष

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सभा समारोहमा सरिक भइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । शुभ समाचार सुन्न पाइएला ।

मिथुन

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज यात्राको योजना बन्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

सिंह

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक तीर्थस्थलको यात्रा हुनेछ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । सुन्दर शेयर बजारबाट पनि लाभ मिल्नेछ ।

तुला

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

धनु

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको साथ र सहयोग पाइनेछ । धार्मिक यात्राको योग पनि छ ।

कुम्भ

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्य सम्पादनमा सहजता मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ ।

बृष

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कष्टकर यात्रा गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । मुद्दा मामिला आइलाग्नेछ ।

कर्कट

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

कन्या

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम अन्तिममा बिग्रिने र झमेला आउन सक्छ । आर्थिक समस्या पनि खेप्नु पर्नेछ ।

बृश्चिक

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आत्मिक सन्तुष्टि मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेमीको सहयोग मिल्नेछ ।

मकर

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) यात्रामा बाधा आउनेछ । सरकारी निकायको भय रहला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ ।

मीन

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राज्यबाट मान सम्मान पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ ।