अमेरिका पठाइदिन्छु भन्दै साढे ३ करोड ठगी गर्ने व्यक्ति पक्राउ

0
Shares

काठमाडौं ।

अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट एक जनालाई पक्राउ गरेको छ ।

रोजगारीका लागि अमेरिका, जर्मनी, बेलायत, जापानलगायतका देशमा जान ३० लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि मासिक ४ लाख कमाइ हुने लोभ देखाएर विभिन्न व्यक्तिबाट ३ करोड ५६ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको आरोपमा प्रहरीले भक्तपुरका उज्जल खड्कालाई पक्राउ गरेको हो ।

व्यक्तिहरुबाट ३ करोड ५६ लाख ८ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागले पक्राउ गरिदिन भनेपछि पक्राउ गरेर बुझाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।