सेहनाज सबैभन्दा सस्ती र त्यस्तै महंगी

0
Shares

बलिउड अभिनेत्री सेहनाज गिल छिद्मै सलमान खानका साथ फिल्म किसिका भाइ किसिकी जानमार्पmत बलिउडमा डेब्यु गर्दैछिन्।

मोडलिङ तथा टेलिभिजन अभिनयमा जमेकी सेहनाज रियालिटी शो बिग बोस सिजन १३ मा सहभागी भएर सेकेन्ड रनर्सअप भएपछि थप चर्चामा आएकी थिइन्। सलमान खानका साथ डेब्यु गर्दै गर्दा उनले कुनै बेला आफू सलमान खानले नै सञ्चालन गर्ने बिग बोसमा सबैभन्दा सस्ती सहभागीको रुपमा काम गरेको बताएकी छन्। हालै फिल्म युनिटका साथ कपिल शर्मा शोमा सहभागी भएकी उलाई कपिलले गरेको ञके तपाईंलाई सलमान खानले सञ्चालन गर्ने कार्यक्रममा पूरा पैसा पाउनुभएको थिएन र सलमानले आफ्नो फिल्ममा साइन गराए भन्ने प्रश्नमा उनले भनेकी छिन, त्यसो त मलाई बिग बोसमा निकै कम पैसा मिल्थ्यो। शोको सबैभन्दा सस्ती पनि मै थिएँ । तर, म नै अहिले सबैभन्दा महंगी भएर निस्किएकी छु, यसो भनिरहँदा सलमान भने मुस्कुराइरहेका थिए।

दुई वर्षअघि प्रेमी सिद्धार्थ शुक्लाको हृदयाघातका कारण अल्पायुमै भएको निधनपछि विक्षिप्त बनेकी सेहनाज पछिल्लो समय बलिउडमा सक्रियता बढाइरहेकी छन्। हाल उनको नाम सहकर्मी राघव जुआलका साथ जोडिएर आउने गरेको छ।