राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लिने तयारी

0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लिने तयारी गरिएको छ । उनलाई आज (बुधबार) एयर एम्बुलेन्समार्फत थप उपचारका लागि भारत लिने तयारी गरिएको बताइएको छ ।

हिजो (मंगलबार) साँझ उनको स्वास्थ्यमा अचानक समस्या आएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । तर, त्यहाँ उपचार

हुन नसक्ने अस्पताल स्रोतले बताएपछि थप उपचारका लागि पौडेललाई भारत लिन लागिएको पारिवारिक स्रोतले बताएको छ ।

हिजो नै उनको बायाँ छातिको तल्लो भागबाट एक्सरेको सहायताले पानी निकाएर परीक्षण गरिएको थियो ।