राष्ट्रपति र पाैडेल पुन: अस्पताल भर्ना

0
Shares

काठमाडौँ।

राष्ट्रपति रामचन्द्र पाैडेल फेरि अस्पताल भर्ना हुनुभएको छ । राष्ट्रपति पौडेल स्वास्थ्यमा समस्या आएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि भर्ना हुनुभएको हो । अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

राष्ट्रपतिलाई श्वासप्रश्वासमा समस्या देखिएपछि डाक्टरकाे सुझावअनुसार अस्पतालमा भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ। सुरुमा पेटमा र पछि छातीमा समस्या देखिएपछि पाैडेल निरन्तर डाक्टरकाे निगरानीमा हुनुहुन्छ। उहाँको फोक्सोको तल्लो भागको पानी झिकेर परीक्षणका लागि पठाइएको छ ।

यसअघि राष्ट्रपति पौडेल चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएर चैत २२ गते डिस्चार्ज हुनुभएको थियो । हिजो सोमवार पनि छातीमा समस्या देखिएपछि राष्ट्रपति पौडेल स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेर फर्कनुभएको थियो ।