राष्ट्रिय सभा अध्यक्षको प्रेस सल्लाहकारमा शर्मा


काठमाडौं । 

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रेस सल्लाहकारमा दुर्गाप्रसाद शर्मा नियुक्त हुनुभएको छ । तिमिल्सिनाले शर्मालाई मंगलबार प्रेस सल्लाहकार नियुक्त गर्नुभएको हो ।

पर्वत निवासी शर्मा २४ वर्षदेखि पत्रकारितामा हुनुहुन्छ । २०५६ सालमा न्यू धौलागिरी दैनिकबाट पत्रकारिता सुरु गर्नुभएका शर्मा यसअघि न्यू कालीगण्डकी दैनिकका सम्पादक हुनुहुन्थ्यो ।

उहाँले नेपाल समाचार पत्र, पोखरापत्र दैनिक, ढोरपाटन दैनिक उज्यालो एफएम, नेपाल वान टेलिभिजन, एबीसी टेलिभिजन, न्यूज २४ टेलिभिजन, दृष्टि साप्ताहिक लगायतका सञ्चार संस्थामा काम गर्नुभएको छ । शर्मा प्रेस चौतारीको वरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्थ्यो ।