लमजुङमा करेण्ट लागेर एकजनाको मृत्यु


लमजुङ ।

लमजुङको सुन्दर बजार नगरपालिकामा करेण्ट लागेर एकजनाको मृत्यु भएको छ । सुन्दरवजार ६, बरेटारस्थित आदर्श बाल माविको पानी ट्याँकी सफा गर्ने क्रममा करेण्ट लागेर स्थानिय निरफ श्रेष्ठको मृत्यु भएको हो ।

सुन्दरवजार वडा नं.९ भोटेओडारका बर्ष ३५ का श्रेष्ठ कामको सिलसिलामा विद्यालयको ट्याँकी सफाई गर्न पुगेका थिए । मंगलबार विहानसाँढे ११ बजे ट्याँकी सफाई गर्ने क्रममा विद्युत मोटर लगाईएको र त्यसबाट करेण्ट लागेर मृत्यु भएको स्थानियले भनाई छ ।

श्रेष्ठलाई तत्काल उपचारको निम्ती सुन्दरवजार अस्पताल लगिएपनि अस्पतालमा पुग्दासम्म श्रेष्ठको उपचार गर्ने अवस्था नरहेको अस्पताल श्रोतले जनाएको छ ।

मृतक श्रेष्ठलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईएको प्रहरीले जनाएको छ । बुधबार देखि नयाँ शैक्षिक सत्रको पढाई शुरु हुने भएकोले अघिल्लो दिन पानी ट्याकी सफाई गर्न लगाईएको तर दुःखद घटना भएको विद्यालयले जनाएको छ ।