आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

0
Shares

काठमाडौं । सिरहा, लहान नगरपालिका-१७ देवीदह टोल बस्ने रामेश्वर यादवको कुखुरा फर्म र फर्मको पछाडी रहेको उनकै परालको टालमा सोमबार दिउँसो आगलागी हुँदा कुखुराको दाना, कुखुरा र फर्म जलेर करिब २० लाख ४६ हजार ५ सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सुनसरी, कोशी गाउँपालिका-७ मुसहरी टोल बस्ने ६० वर्षीय चन्द्र सदाको घरमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा उक्त आगो फैलिएर सदा लगायत ७ जना मानिसहरुको घरमासमेत आगलागी हुँदा ७ जनाको घर र विभिन्न सरसामान जलेर करिब ११ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।