सुज्योति लिटिल नेवाः

0
Shares

राजधानीमा हालै सम्पन्न नेवार समुदायका बालिकाहरुको प्रतिभामूलक प्रतियोगितामा सुज्योति डंगोल मिस लिटील नेवा : ११४३ भएकी छन्। नेप्लिज फेसन होमको आयोजनामा जमलस्थित राष्टिझय नाचघरमा सम्पन्न प्रतियोगितामा विभूति विद्या मन्दिरको कक्षा ९ की डंगोलले पुरस्कारवापत २५ हजार रुपियाँ प्राप्त गरेकी छन्। उनी मिस ट्यालेन्टेड सेकेन्ड रनर्सअप उपउपाधि विजेता पनि भइन्। त्यसैगरी, पुष्पसदन बोर्डिङ हाई स्कुलको कक्षा आठकी सफिना श्रेष्ठ फस्ट र खोप्रिङ इग्लिस एकेडेमीको कक्षा ७ की ग्रीष्मा राजचल सेकेन्ड रनर्सअपका साथमा तस्वीर मिस फोटोजेनिक उपाधि विजेता भएकी छन्। फस्ट र सेकेन्ड रनर्सअपले पुरस्कारवापत क्रमशः १५ र १० हजार रुपियाँ नगद प्राप्त गरे।

रोटेरियन, पूर्वप्रमुख इतिहास विभाग एसोसिएटेड प्रोफेसर डा. विमला शाक्यको सभापतित्व तथा भीमेश्वर नगरपालिकाका मेयर ईश्वर मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा अनिका महर्जन मिस ट्यालेन्टेड र मिस डिसिप्लेन, अव्रिशा महर्जन सोसियल वेलफेयर एम्बेस्डर चिफ र वेस्ट स्माइल, वेदान्सी डंगोल सोसियल वेलफेयर एम्बेस्डर चिफ, निभा कायस्थ सोसियल वेलफेयर एम्बेस्डर चिफ फस्ट रनर्सअप, विमिशा डंगोल वेस्ट नेपाल भाषा, लुञ्जला महर्जन बेस्ट ड्रेस र मिस ट्यालेन्टेड फस्ट रनर्सअप, सुहिना श्रेष्ठ मिस पब्लिक च्वाइस, प्राज्ना महर्जन मिस पर्सनालिटी र मिस चार्मिङ, मुखु महर्जन वेस्ट हेयर, लुमना महर्जन वेस्ट नेपाल भाषा फस्ट रनर्सअप र मिस फ्रेन्डसिप, रुही महर्जन वेस्ट नेपाल भाषा सेकेन्ड रनर्सअप, इच्छा महर्जन मिस कल्चर, विपश्वी मानन्धर वेस्ट स्किन र नुजला सिंह महर्जन मिस इलिजेन्ट उपाधि विजेता भएका छन्। नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवार बालिकामा अन्र्तनिहित प्रतिभा प्रदर्शन गर्न तथा उनीहरुमा नेवार कला, संस्कृति, भाषा र सभ्यताको ज्ञान अभिवृद्धि गर्न मिस लिटिल नेवा ः आयोजना गर्दै आएको बताइन्।

नुझ गुठीका अध्यक्ष सुरबहादुर श्रेष्ठ, पत्रकार त्रिलोचन प्रधान, पहिलो महिला वडाअध्यक्ष हसना शाक्य, चिरायु नेसनल हस्पिटलका डाइरेक्टर सञ्जीव राजभण्डारी, मिस लिटिल नेवा ११४१ आर्या श्रेष्ठ र मोर्डन नेवा इंग्लिस स्कुलका डाइरेक्टर दीपक तुलाधरको विशेष आतिथ्यता तथा मिस लिटिल नेवा ११४१ की सेकेन्ड रनर्सअप रिकिस्ना डंगोल, मिस ट्यालेन्टेड ११४१ नयना शाक्य मिस ट्यालेन्टेड ११४१ फस्ट रनर्सअप सिचु मानन्धर, वेस्ट नेपाल भाषा ११४१ तीषा तन्डुकार, वेस्ट नेपाल भाषा फस्ट रनर्सअप ११४१ प्रकृति महर्जन, सोसियल वेलफेयर एम्बेस्डर चिफ ११४१ डेमी श्रेष्ठ, वेस्ट ड्रेस ११४१ इभान्जली महर्जन, मिस कल्चर ११४१ वितिशा कंसाकार र कृष्टिना महर्जन तथा मिस डिसिप्लेन ११४१ सनिष्मा महर्जनको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा डिस्टिझक गर्भनर ३३२५ एल मणिश्री रत्न बज्राचार्य प्रमुख निर्णायक तथा साहित्यकार तथा उद्यमी अञ्जना ताम्राकार, वल्र्ड नेवा अर्गनाइजेसन नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, नेपाल भाषा प्रशिक्षक राजु नापित, ब्युटिसियन मञ्जु कार्की पाण्डे, नमुना कलेज अफ फेसन टेक्नोलोजीका भाइस प्रिन्सिपल जीवेश्वरलाल श्रेष्ठ, लिपी गुठीका अध्यक्ष अनिल स्थापित, नेपाल टेलिकमका सीईओ सरोजकुमार शाक्य र फेसन डिजाइनर शोभा महर्जन निर्णायक रहेका थिए।