मिस नेपालका लागि पहिरन तयार पार्दै आईआईएफटीका फेसन डिजाइनर

0
Shares

आगामी जेठ १३ गते ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुने मिस नेपाल–२०२३ का २४ जना प्रतिस्पर्धी आईआईएफटीका १८ फेसन डिजाइनरले तयार पारेको पहिरनमा प्रस्तुत हुने भएका छन्।

उनीहरुका लागि आईआईएफटीबाट स्नातक गरेका डिजाइनरहरु गीता मिश्र, पम्फा श्रीस, सुप्रीति व्यञ्जनकार, सेन्हा राई, सुदिना बज्राचार्य, रेगिशा महर्जन, दिलमाया मगर, सोनल केसी, वर्षा पन्त, सुनैना शाही, शमूएल अकोन्तांश, सञ्जिता बराल, दर्पण खाती, राजन शाह र विप्लवराज नागनाहरले पहिरन तयार गर्नेछन्। मिस नपालका प्रतिस्पर्धीले ती फेसन डिजाइनरले तयार पारेको पहिरन प्रतियोगिताको ओपनिध्र राउन्डमा पहिरिएर आप्mनो परिचय दिनेछन्।