हेटौंडाबाट आयो देशभक्तिपूर्ण सिमाना

0
Shares

हेटौंडा । मकवानपुरे साहित्यकार एवम् साहित्यिक अभियन्ता दीपक गौतमको देशभक्तिपूर्ण गीत सार्वजनिक भएको छ।

हेटौंडामा गौतमको सिमाना शीर्षकको मेची जगाऔं, महाकाली जगाऔं बोलको गीत सार्वजनिक गरिएको हो। गायक रामकृष्ण ढकालको स्वरमा सजिएको भिडियोसहितको गीत गौतमले आफ्नै नामको युट्युब च्यानलमार्फत् सार्वजनिक गरेका हुन्। करिब दुई वर्षअघि रेकर्ड गरिएको देशभक्ति भावको गीतको भिडियो तयारीका लागि केही समय लागेकाले गीत सार्वजनिक गर्न ढिलो भएको गीतकार गौतमले बताए।

गीतमा नेपालले सुगौली सन्धिको क्रममा गुमाएको भूमि फिर्ता पाउनुपर्ने र देशको सीमा रक्षाका लागि हरेक देशभक्त नेपाली नागरिक जागरुक भई लाग्नुपर्ने देशभक्त एवम् क्रान्तिकारी विचार अघि सारिएको छ। गीतकार गौतमको शब्दरचना रहेको गीतमा तुलाराम थापाको संगीत संयोजन छ।