चीनको सीमानाका तिंकरमा नेपाली सेना 

0
Shares

दार्चुला । 

जिल्लाको ब्याँस गाउँपालिका–१ मा पर्ने चीन संगको सीमानाका तिंकरभञ्ज्याङमा रहेको पिलर नम्बर १ को स्थलगत अनुगमन निरीक्षण गरेर नेपाली सेनाको टोली फिर्ता भएको छ । गत चैत्र २१ गते गुरु गोरख गुल्म खलंगा ब्यारेकबाट हिँडेको टोली ११ दिन पछि चीन संगको सीमानाका पुगी त्याहाको बस्तु स्थिति बारे जानकारी लिएर फिर्ता भएको नेपाली सेनाको गुल्म स्रोतले जनाएको छ ।

 नेपालको बाटो हुँदै गएको नेपाली सेनाको टोलीले पिलर नम्बर १ पुगेर सीमा स्तम्भको बारेमा जानकारी लिएको हो । उक्त टोलीलाई सुदूरपश्चिम पृतनापति उपरथी विजय थापा र बाहिनीपति सहायकरथी पुरुषोत्तम ढकालले छाङरु पुगेर भेट्नु भएको छ । आइतबार बिहान हेलिकप्टर मार्फत आएका उनीहरूले तिंकर पुगेको टोलीलाई भेटेको हो ।

‘पिलर नम्बर १ हिउँले ढाकेको अवस्थामा फेला प¥यो हिउँ सफा गरेर सीमा स्तम्भबारे जानकारी लिएर टोली तल झ¥यो, सेनका एक अधिकारीले भने ।’ पिलर नम्बर १ गएको टोली फिर्ता भएर आज ब्याँस गाउँपालिका–१ छाङरु पुगेको छ । टोली १० गते खलंगा पुग्ने बताइएको छ ।

नेपाली सेनाको टोलीले ब्याँस गाउँपालिका–१ मा पर्ने छाङरु र तिंकर गाउँस्तीको अवस्था, बाटोघाटोको अवस्थाका बारेमा पनि जानकारी लिएको छ । गत मंसिर यता सुरक्षा अवस्था शून्य रहेको तिंकरमा नेपाली सेनाको टोलीले स्थलगत अनुगमन निरीक्षण गरेको गुल्म स्रोतले जनाएको छ । ‘वर्षमा एक पटक चीन संगको सिमानाकाको अवस्थाबारे नेपाली सेनाले जानकारी लिन्छ, त्यसै अनुरूप यस वर्ष पनि टोली त्याहा गएको हो एक सुृरक्षाअधिकारीले भने ।’ गर्मी यामको ६ महिना तिंकर र छाङरुमा बसोबास गर्ने सौका समुदायका मानिसहरु हिँउदेयाम सुरु भएसंगै (मंसिरको पहिलो साता) सदरमुकाम खलंगा झरेका थिए । तिंकरको छ्यालेकमा बस्दै आएको नेपाल प्रहरीको तिंकर सीमा प्रहरी चौकी पनि हिउँ परेपछि तल छाङरु झरेको छ ।

   मानव बस्ती र सुरक्षाको अवस्था शून्य रहेको समयमा नेपाली सेनाको टोलीले त्याहाको सीमा सुरक्षाको अवस्था बारे स्थलगत अनुगमन निरीक्षण गरेको बताइएको छ । ब्याँस गाउँपालिकाको वडा नम्बर १ छाङरुमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली बाहै महिना बस्ने गरेको छ, भने तिंकरमा हिँउदेयाममा सुरक्षा उपस्थिति नहुने गरेको त्याहाका स्थानीयले बताएका छन् ।

   यसैबिच पृतनापति थापा नेतृत्वको टोलीले ब्याँस गाउँपालिका–१ छाङरु र तिंकरका स्थानीयहरू सँग अन्तरक्रिया छलफल गरेको छ । सदरमुकाम खलंगामा त्याहाका स्थानीयहरू सँग बाटोघाटोको अवस्था र विविध पक्षमा छलफल गरेको बताइएको छ । स्थानीयले नेपालकै बाटो भएर छाङरु र तिंकर सम्म जाने गरी पैदल बाटो निर्माण गरिदिन नेपाली सेनालाई आग्रह गरेको छन् । उनीहरूले बसाई सर्दा भारतको बाटो भएर सर्नुपर्ने तथा भारतको अनुमति आवश्यक पर्ने भन्दै नेपालकै बाटो भएर जाने इच्छा व्यक्त गरेका छन् । भारतले विभिन्न बाहाना बनाएर अनुमति नदिने तथा आउदाजादा दुःख दिने गरेको उनीहरूले गुनासो छ । स्थानीयको माग र आग्रह प्रति नेपाली सेना सकारात्मक रहेको बताइएको छ । छलफल तथा अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा पुर्व सदस्य तथा छाङरुका स्थानीय गेल्बु बोहरा, ब्याँस गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अशोक सिंह बोहरा लगायतको उपस्थिति रहेको थियो ।