नेपाल प्रेस इन्स्टिच्यूटको ३८औं समूहमा सहभागी प्रशिक्षार्थी पत्रकारहरुको नतिजा सार्वजनिक

14
Shares

काठमाडौँ।

नेपाल प्रेस इन्स्टिच्यूटको ३८औं समूहमा सहभागी प्रशिक्षार्थी पत्रकारहरुको नतिजा सार्वजनिक भएको छ। २०७९ चैत्र २४ गते संचालन भएको परीक्षाको नतिजा आज (सोमबार) सार्वजनिक गरिएको तालिमका मुख्य संयोजक एवम् प्रशिक्षक कपिल काफ्लेले जानकारी दिनुभयो।

३८औं समूहमा सहभागी २८ प्रशिक्षार्थी पत्रकारमध्ये १५ जना परीक्षामा सहभागी भएका थिए।

इन्स्टिच्यूटले तीन वटा ग्रेड निर्धारण गरी नतिजा सार्वजनिक गरेको छ । जसमध्ये उत्कृष्टमा पाँच जना , धेरै राम्रोमा पाँच जना र राम्रोमा पाँच जना प्रशिक्षार्थी उत्तीर्ण भएका छन् ।