काठमाडौँको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप

0
Shares

काठमाडौँ।

काठमाडौँको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका छन् भने केही लाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तराईका विभिन्न स्थानबाट काठमाडौँमा भेला भएर शान्तिवाटिकामा बस्दै आएका उनीहरू न्यायका लागि सिंहदरबार अगाडि, भद्रकालीमा गएर धर्नामा बस्न जाने योजनामा थिए । प्रहरीले आफूहरुमाथि बल प्रयोग गरी त्यहाँबाट जान नपाइने भन्दै बल प्रयोग गरेको हुँदा झडप भएको उनीहरुले बताएका छन्।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोराको प्रयोग गरेको थियो। झडपमा परी केही पीडितहरू घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

सरकारले मिटरब्याज पीडितको एक समूहसँग १८ चैतमा पाँच बुँदे सहमति गरेको थियो । तर उक्त सहमतिले मिटरब्याज पीडितको तत्कालको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूह पुन: आन्दोलनमा आएको छ ।