तीन दलका शीर्ष नेताबीच प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सहमति

0
Shares

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सहमति भएको छ । यसका लागि संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको हो ।

सोमबार विहान एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाका लागि संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।

बैठकमा सर्वोच्च अदालत कायम मुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको भन्दै न्यायपालिका लामो समय यो स्थितिमा रहनु हुँदैन भनेर प्रधानमन्त्री प्रचण्डले छिटो प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने प्रस्ताव राखेको जानकारी दिए ।

सो प्रस्तावमा संवैधानिक परिषदको बैठक बोलाएर नियुक्ति प्रक्रिया अघि बढाउने सहमति भएको छ ।