रुकुम पश्चिमले करार शिक्षकको सम्झौंता नवीकरण नगर्ने

0
Shares

सुर्खेत । रुकुम (पश्चिम)को आठबीसकोट नगरपालिकाले खर्च धान्न नसक्ने भन्दै एकैपटक दुई सयभन्दा बढी करार शिक्षकलाई हटाउने निर्णय गरेको छ । उक्त निर्णय भएसँगै पालिकाका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत २ सय ४६ जना करार शिक्षक हटने भएका हुन् ।

आन्तरिक स्रोतबाट शिक्षकलाई तलब सुविधा दिन नसकिने भन्दै करार शिक्षक हटाउन थालिएको हो । नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा कार्यरत करार शिक्षकहरूको करार सम्झौता नवीकरण नहुने भएको छ । नगरपालिकाले करारमा नियुक्त गरेका शिक्षकको सम्झौता अब नवीकरण नगर्ने बताएको छ ।

नगरप्रमुख रवि केसीका अनुसार नगरपालिकाले आन्तरिक स्रोतबाट तलब दिँदै आएको र पालिकामा विद्यालयको संख्या धेरै भएकोले विद्यालय समायोजनमा सहज होस् भन्ने उदेश्यले करार शिक्षकको सम्झौता नवीकरण नगर्ने ७८औं नगरकार्यपालिकाको बैठकले निर्णय गरेको बताए ।