एमाले समर्थक प्राध्यापक र अभिभावकद्वारा विव्यस अध्यक्षमाथि निर्घात कुटपिट

0
Shares

सिन्धुली । सिन्धुलीमा एमाले समर्थ अभिभावकले एक माध्यमिक विद्यालयका व्यवस्थापन समित अध्यक्षमाथि निर्घात कुटपिट गरेका छन् । जिल्लाको मरिण गाउँपालिका–१ को कार्तिके माविका अभिभावकले व्यवस्थापन समिति अध्यक्षलाई बन्धक बनाएर कुटपिट गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक शुशिला गुर्मछान, समितिका एक सदस्यलगायत केही एमाले समर्थक अभिभावक मिलेर विव्यस अध्यक्ष एकबहादुर सिञ्जाली मगरलगायत केही सदस्यलाई कुटपिट गरेका छन् ।

अभिभावकको कुटपिटबाट समितिका अध्यक्ष सिञ्जाली, सदस्य मेनुका फुयाल गम्भिर घाइते भएको मरिण गाउँपालिका–१ का अध्यक्ष हिराबहादुर गुर्मछानले जानकारी दिनुभयो ।

झगडा भएको जानकारी पाएपछि मिलाउन जाँदा आफुलाई समेत हातपात गरेको वडाध्यक्ष गुर्मछानले बताउनुभयो । घाइते सिञ्जाली र फुयाललाई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको अध्यक्ष गुर्मछानले बताउनुभयो ।

विद्यालयको अस्थायी ट्रस भवन बनाउने विषयमा छलफल गर्न बसेको अभिभावक बैठकमा सहभागी एमाले समर्थक अभिभावकले अध्यक्षलाई विद्यालय कोठामै दिनभर बन्धक बनाएर कुुटपिट गरेको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले बताउनुभयो ।

भवन बनाउने विषयमा बैठक बसे पनि छिमेकी आधारभूत विद्यालय खलंगामा मावि सञ्चालनका लागि सहमती दिने विषयको कुरा निकालेर समितिका अध्यक्ष माथि कुटपिट भएको गाउँपालिका अध्यक्ष मोक्तानको भनाइ छ ।

मरिण गाउँपालिकाले–१ म रहेको आधारभुत विद्यालय खलंगामा ९ र १० कक्षा सञ्चालनको लागि अनुमती दिन प्रक्रिया थालेको छ । गाउँपालिकाबाट अनुमति पाउन छिमेकी विद्यालयको सहमति चाहिने भएकाले आधारभुत विद्यालय खलंगाले कार्तिके माविसँग सहमति माग गरेको थियो ।

कार्तिके माबिका अध्यक्षलगायत बहुमत सदस्यले सहमती दिने निर्णय गरेका थिए । तर विद्यालयका प्रधानाध्यापक, एक शिक्षक प्रतिनिधि र एक सदस्यले भने सहमति दिन असहमती जनाएका थिए । सोही विषयलाई लिएर हिजो –आइतबार)को बैठकमा झडपको स्थिति सिर्जना भएको बताइएको छ ।