प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरे, देउवा र ओलीबीच बालकोटमा छलफल

0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ ।

छलफलमा संसदमा विचाराधिन संवैधानिक परिषद्, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकलाई अगाडि बढाउनेबारे छलफल हुँदैछ ।

ओली केही दिनयता भाइरल ज्वरोले अस्वस्थ भएपछि उनलाई भेटेरै छलफल गर्न प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा बालकोट पुगेका हुन् ।

यसबारे हिजो (आइतबार) छलफल गर्ने बताइए पनि प्रचण्ड र ओली बालकोट नजाँदा छलफल स्थगित भएको थियो ।