विचाराधिन संवैधानिक परिषद् र टिआरसी विधेयकबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता हुँदै

0
Shares

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र अध्यक्ष केपी ओलीबीच छलफल हुँदैछ । आज (सोमबार) विहान ९ बजे ओली निवास बालकोटमा छलफल हुने भएको हो ।

संघीय संसदमा विचाराधिन संवैधानिक परिषद् र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयक (टिआरसी)लाई अगाडि बढाउनेबारे प्रधानमन्त्री, देउवा र ओलीबीच छलफल हुने बताइएको छ ।

ओली केही दिनयता अस्वस्थ भएकोले उनलाई भेटेरै छलफल गर्न प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा बालकोट जाँदैछन् । यसबारे हिजो (आइतबार) छलफल गर्ने बताइए पनि प्रचण्ड र ओली बालकोट नजाँदा छलफल स्थगित भएको थियो ।