प्रेमविनोद र ऋद्धिचरण सम्मानित

0
Shares

भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले नेपाली कलाकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ।

प्रज्ञा प्रतिष्ठानले गीतकार तथा साहित्यकार प्रेमविनोद नन्दनलाई १ लाख ७८ रुपियाँ नगदसहित नारायणी प्रज्ञा सम्मानबाट सम्मानित गरेको छ। त्यसैगरी, रंगकर्मी तथा अभिनेता ऋद्धिचरण श्रेष्ठ ५० हजार ७८ रुपैयाँ नगदसहित भरतपुर प्रज्ञा सम्मानबाट सम्मानित भएका छन्। श्रेष्ठले ६० भन्दा बढी फिल्म तथा टेलिफिल्मका विभिन्न भूमिकामा अभिनय गरी दर्शकको मन जित्दै आएका छन्। प्रतिष्ठानले साहित्यका विभिन्न क्षेत्रमा पनि सम्मान गरेको छ।