बैतडीमा एक युवकको शव फेला

0
Shares

बैतडी । बैतडीमा एक युवकको हत्या गरिएको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिका ८ कालागाउँका ३७ वर्षीय वासुदेव जोशीको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हो ।

बैतडी प्रहरीका अनुसार शनिवार राति ८ बजे उनी हत्या गरिएको अवस्थामा फेला परेका थिए ।

जोशीमाथि धारिलो हतियार प्रहार भएको पाइएको हो । उनका हत्यारा फरार भएका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ ।