एक सातादेखि उठेन शीतलनिवास, प्रम कार्यालय र सिंहदरबारको फोहोर

सरकारले वार्ता गर्नै चाहेन

0
Shares

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग वार्ता गर्न चाहेको छैन । राष्ट्रपति निवास, प्रधानमन्त्री निवास र सिंहदरबारमा एक सातादेखि फोहोर नउठ्दा सरकारले कुनै पहल गरेको छैन ।

मेयर साहले प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबाहेक अरूसँग वार्ता गर्न नचाहेपछि सरकारले मेयर साहलाई वास्ता गरेको छैन । शहरी विकासमन्त्री सीता गुरुङले पटकपटक टेलिफोन गरी वार्ता गर्न आह्वान गर्दासमेत मेयर साहले बेवास्ता गरेका छन् । स्रोतका अनुसार मेयर साहको माग पूरा गर्न प्रधानमन्त्री र गहमन्त्रीले मात्र सक्ने भएकाले अन्यसँग वार्ता गर्न नखोजेको बुझिएको छ । मेयर सचिवालयले वार्ताका लागि वातावरण बनाइरहे पनि हालसम्म सम्भव हुन सकेको छैन ।

मेयर साहले आफ्ना १४ वटा माग पूरा गर्न सरकार तयार नभएसम्म फोहोर संकलन र ढुवानी ठप्प हुने बताउनुभएको थियो । तीन निकायमा करिब करिब २० टन फोहोर जम्मा भइसकेको छ । शीतल निवासमा कम्पाउन्डभित्रको जंगलमा, प्रधानमन्त्री निवासमा कामपाले उपलब्ध गराएको कन्टेनर र सिंहदरबारमा मुख्य सचिवको गेटनजिक पुतली बगैंचामा थुपारिएको छ ।

मेयर साहले कामपाको माग गर्न नसक्ने हो भने राजधानी हटाउन सरकारलाई चेतावनी दिनुभएको थियो ।