हेटौँडाका समाजसेवीलाई प्रबल जनसेवाश्री



हेटौंडा ।

 सामुदायिक आँखा  अस्पताल हेटौँडाका संरक्षक एवम् नेपाल आँखा  कार्यक्रम तिलगंगा आँखा  प्रतिष्ठानका कार्यकारिणी सदस्य सिद्धीलाल श्रेष्ठ नेपाल सरकारबाट प्रबल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा विभूषित हुनुभएको छ । उहाँलाई नयाँ  वर्षका दिन राष्ट्रपति रामचन्द्र पौडेलले विभूषणद्वारा सम्मानित गर्नुभएको हो ।

हेटौंडाको समाजसेवामा नाम चिनिएका उहाँ समाजसेवी, कुशल व्यवसायी तथा रोटरी क्लब अफ मकवानपुरका जीएसआर पनि हुनुहुन्छ । स्थापनाको रजत वर्षको अवसर पारेर उहाँको  हेटौंडा–११, थानाभर्‍याङस्थित ओम सदाशिव आयल स्टोर्सले स्थापना गरेको सामाजिक सेवाकोषबाट आर्थिक विपन्न बालबालिकाले अध्ययन गर्न छात्रवृत्ति पाउँदै  आएका छन् । स्टोर्सका सञ्चालक श्रेष्ठले कोष स्थापना गर्नुभएको हो ।

पम्पबाट बिक्री हुने डिजेल तथा पेट्रोलको प्रतिलिटर दस पैसाका दरले संकलन गरी हुने कुल रकमबाट ‘ओम सदाशिव सामाजिक सेवाकोष’ स्थापना गरिएको छ । आयल ट्रेडर्स सञ्चालक श्रेष्ठले हालसम्म करिब ४ लाख रुपियाँ  छात्रवृत्ति उपलब्ध गराइसकिएको बताउनुभयो ।

उहाँका अनुसार रोटरी क्लबअफ मकवानपुरमार्फत् सामुदायिक विद्यालयका आर्थिक विपन्न बालबालिका छनौट गरी छात्रवृत्ति उपलब्ध गराइएको छ । आर्थिक विपन्न परिवारका सन्तति छनौट गरी अर्को संस्थासँगको समन्वयमा पनि छात्रवृत्ति उपलब्ध गराइने सञ्चालक श्रेष्ठले जनाउनुभयो ।

उक्त पेट्रोल पम्पका ग्राहकले सामाजिक सेवाको दायित्वबहन गरेर आत्मसम्मान महसुस गर्ने उद्धेश्यले कोष स्थापना गरिएको श्रेष्ठले बताउनुहुन्छ । उक्त कोषमा मासिक रकम जम्मा गर्ने गरिएको र गठित कोष सञ्चालन समितिको सिफारिसअनुसार शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गरिने उहाँले बताउनुभयो । श्रेष्ठ रोटरी क्लब अफ हेटौँडाका पूर्वअध्यक्ष तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौँडाका पनि पूर्वअध्यक्ष हुनुहुन्छ ।

सडक बालबालिकाका आश्रयका लागि हेटौंडामा स्थापित मामाघर नेपालका लागि श्रेष्ठले हेटौंडा–११, डाङ्डुङ्गेमा भवन निर्माण गर्न आफ्नो ३ कठ्ठा जग्गा प्रदान गर्नुभएको थियो । सोही जग्गामा हाल भवन निर्माण गरिएको छ ।

मामाघरका परिकल्पनाकार अर्पण पराजुलीले पूर्वसडक बालकको समस्या बुझेर लामो हालको मामाघर परिकल्पना गर्नुभएको हो । मामाघरले आश्रय र सुधार गृहको योजना बुनेर हेटौंडामा देशकै नमूना योजना अघि सारेपछि पूर्वसडक बालकहरुले पढ्न र आश्रय पाएका छन् । चोरी, लुटपाट, डेन्ड्राइट सु“घेर राति सडकपेटीलाई ओच्छ्यान र आकाशलाई सिरक बनाउ“दै आएकाहरुले आश्रय पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्