रेडक्रस सैबुद्वारा शुभकामना कार्यक्रम सम्पन्न

0
Shares

ललितपुर ।

नेपाल रेडक्रस सोसाईटी सैंबु उपशाखाले नया वर्ष २०८० को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । आज आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिले शुभकामना दिएका थिए । त्यसक्रममा ललितपुर महानगरपालिका–२५का वडा अध्यक्ष दौलतकुमार खत्रीले विपद् व्यवस्थापनमा महत्वपुर्ण भुमिका खेलेको रेडक्रसको योगदानको प्रसंसा गर्नुभयो ।

कार्यक्रममा उपशाखाका पुर्व सभापति नारायण खड्काले नेपाल रेडक्रम सोसाईटी सैबु उपशाखाले ले २०७२ सालको महाभुकम्पमा यस भेगमा पुर्ण सहयोग गरेको बताउनुभयो । उहाले कोेभिड–१९को महामारी , विभिन्न समयमा भएको विपतद्जन्य घटनामा भएको कामको प्रशंसा गर्नुभयो । ‘रेडक्रसले विपद्जन्य मात्र होइन , विपत हुनुभन्दा अघि यपनि विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजन गर्नुपर्छ–उहाको भनाई थियो ।

कार्यक्रममा शाखा सभापति सुरेन्द्र थापाले रेडक्रसलाई विद्यालय र समुदायमा पु¥याउन विभिन्न कार्यक्रम अघि बढाईएको जानकारी दिनुभयो । सैबु रेडक्रसका सदस्य एवं कार्यक्रम संयोजक नवराज कुँवरले रेडक्रसले गरेको सामाजिक सेवाको बारेमा जानकारी गराउनुभएको थियो ।आदर्शसौल विद्यालयका प्रधानअध्यापक ज्ञानभक्त डंगोल, मुरारी गौतम, निवर्तमान अध्यक्ष लक्ष्मणबहादुर केसी लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो । २०४९ सालमा स्थापना भएको सो उपशाखाले आफ्नै भवन निर्माण गर्न समन्वयन गरिदिन गर्न वडा नम्बर २५ र १८ लाई आग्रह गरेको छ ।

सोसाईटीले सैबु , खोकना, वुंगमति, चुनिखेल लगायतका क्षेत्रमा विद्यालयका जुनियर र युवा रेडक्रम गठन गर्ने जनाएको छ । केही समय सुस्त रहेको सोसाईटीले गएको आर्थिक वर्षमा एकदर्जन बढी समाजसेवा, रक्तदान कार्यक्रम आयोजना गरेको छ ।