रसुवा: पहिलो निजी अस्पताल लाङटाङ लिरुङ आजदेखि  सञ्चालनमा   



 रसुवा। 

जिल्लामै पहिलो निजी अस्पताल लाङटाङ लिरुङ आज (शुक्रवार )देखि  स्याफ्रुवेसिमा  सञ्चालन  भएको छ ।

आमाछोदिङ्मो गाँउपालिका र गोसाईंकुण्ड गाउँपालिकाको जनतालाई सहज र सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने  उद्देश्यले स्थापित उक्त अस्पतालको शुक्रवार एक कार्यक्रमकाविच  उद्घाटन  गरी  सञ्चालनमा आएको अस्पतालका अध्यक्ष डा. जीवन तामाङले  जानकारी दिनुभयो ।

शुक्रवार अस्पताल उद्घाटनसँगै “स्वास्थ्य परीक्षण गरौँ, निरोगी र स्वास्थ्य जीवन बाचाै  भन्ने मूल नाराको साथ प्रसूति तथा स्त्रीरोग सम्बन्धी स्वास्थ्य परीक्षण समेत
गरिएको थियो   ।

नयाँ सालको सुरुवातसँगै जनतालाई सेवा दिनको लागि गोसाईंकुण्ड गाउँपालिका वडा नं ५ स्याफ्रुवेशीमा लाङटाङ लिरुङ अस्पतालको  उद्घाटन गरेर सबैलाई जानकारी होस भन्नका लागि  स्वास्थ्य परीक्षण गरिएको  अस्पताल अध्यक्ष डा .तामाङले बताउनु भयो ।

अस्पतालको उद्घाटनसँगै वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर पुनम लामाद्वारा प्रसूति तथा स्त्री रोग सम्बन्धी विभिन्न समस्याहरुको परीक्षण तथा स्क्रिनिङ सेवा प्रदान गरिने अस्पतालले जानकारी दिएको छ ।

उक्त   अस्पतालमा ओ.पी.डी. सेवा, इमरजेन्सी सेवा भिडियो एक्सरे, ल्याब टेस्ट र अन्य अस्पतालमा रिफरको राम्रो व्यवस्था रहने अस्पतालले जानकारी दिएको छ ।

उक्त अस्पताल उद्घाटनको दिन (शुक्रवार) ओ .पी .डी. सेवा निःशुल्क गराइएको थियो।  साथै ल्याब टेस्ट र अल्ट्रा साउन्ड सेवामा २५/२५ प्रतिशत छुट हुने डा.जीवन तामाङले जानकारी  दिनुभयो

अस्पताल  सञ्चालक  डा. जीवन तामा ले यस्तो सहरानिय काम गरेकाेमा   सफलताको शुभकामना दिँदै   हर्ष विभोर भएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बत्ताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्