२४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं।

पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४२४ नमुनामध्‍ये १९७ जनाको पीसीआर परीक्षण गर्दा ३४ जना र १ हजार २२७ जनाको एन्टीजेन परीक्षणा गर्दा १०२ जना गरी १३६ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको संक्रिय सङ्क्रमितको संख्या ४०१ पुग्‍यो भने ३२ जना संस्थागत आइशोलेशनमा, ११ जना आइसीयू र ३ जनाको भेन्टीलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यस्तै आजै कोरोनाबाट निको भएर ६८ जना घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्