म्याग्दीको तिप्ल्याङमा बस दुर्घटना हुँदा चारजना घाइते

0
Shares

म्याग्दी ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१, तिप्ल्याङमा आज बिहान बस दुर्घटना हुँदा चारजना घाइते भएका छन् । काठमाडौंदेखि मुस्ताङतर्फ जाँदै गरेको बा ३ ख ९६७४ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बस आफंै अनियन्त्रित भई सडकबाट ५ मिटर तल खस्दा बसमा सवार २३ जनामध्ये चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक एवं सूचना अधिकारी किरण लामाले बताउनुभयो ।

घाइते हुनेहरुमा सोलुखुम्बु जिल्लाकी ३९ वर्षीया निमलमु शेर्पा, ओखलढुङ्गाकी २७ वर्षीया छम्जी शेर्पा, सिन्धुपाल्चोकका ३१ वर्षीय मिनमार तामाङ र सिन्धुपाल्चोककै ५० वर्षीय पूर्ण लामा रहेको सूचना अधिकारी लामाले जानकारी दिनुभयो ।

बस दुर्घटनामा घाइते भएकाहरुलाई उद्धार गरी उपचारका लागि बेनी अस्पतालमा ल्याइएको छ । बसका चालकलाई नियन्त्रण लिएर अनुसन्धानको कार्य अगाडि बढाइएको छ भने दुर्घटनामा परेको बस घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।