सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न बहुक्षेत्रीय सहकार्यको आवश्यकता



चितवन 

सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न बहुक्षेत्रीय सहकार्यको आवश्यकता रहेकोमा सरोकारवालाहरुले जोड  दिएका छन् । स्वास्थ्य पत्रकार मञ्च नेपालले चितवनको नारायणगढमा आयोजना गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेको ऐन कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सबै पक्ष लाग्नुपर्ने बताएका हुन् । सूर्तजन्य पदार्थ सेवनका कारण नेपालमा बर्षेनी २७ हजार जनाको मृत्यु हुने गरेकाले यसको नियन्त्रणमा सबै पक्ष एकजुट हुनुपर्ने बताएका हुन् ।

 अभिमुखीकरण कार्यक्रममा वक्ताहरुले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्ने ऐन बने पनि कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईँले नेपालमा प्रत्येक वर्ष २७ हजार एक सय मानिसको मृत्यु सुर्तीजन्य पदार्थको कारणले हुने गरेको जानकारी दिए । सूर्तीजन्यपदार्थ नियमन गर्ने एन बने पनि कार्यान्वयन गर्न जटिल हुने गरेको  उनले बताए ।उनले  सुर्तीजन्य पदार्थ प्रयोग गर्ने विश्वका मानिसमध्ये ८० प्रतिशत विकासोन्मुख मुलुकका नागरिक रहेको जानकारी दिए ।

सन् २०२० मा भएका अध्ययनहरूले  २२.३ प्रतिशत विश्वका मानिसले सुर्तीजन्य पदार्थको सेवन गरेको तथ्य रहेको उनले बताए । त्यसमध्ये ३६.७ प्रतिशत पुरुष र ७.८ प्रतिशत महिला रहेको  जनाइएको छ । नेपालमा सुर्तीजन्य दैनिक २४.१ प्रतिशत  मानिसले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको तथ्य रहेको उनले जानकारी दिए । त्यस मध्य ४०.१ प्रतिशत पुरुष र १० प्रतिशत महिला रहेको उनले जानकारी दिए ।

यस्तै २८.९ प्रतिशत मानिषले (धूम्रपान वा धुँवारहित ) सेवन गर्ने गरेको तथ्य सन् २०१९ मा भएको एस टिइ पिएस सर्वेले देखाएको उनले जानकारी दिए । धूम्रपान गर्ने १७.१ प्रतिशत मध्ये २८ प्रतिशत पुरुष र ७.५ प्रतिशत महिला रहेका छन् । विद्युतीय चुरोट प्रयोग  गर्नेहरु बढ्दै गएको भन्दै उनले ०.८ प्रतिशत रहेको जानकारी दिए । सुर्तीजन्य पदार्थको सेवनका कारण मुटु रोग, श्वासप्रश्वास सम्बन्धी रोगको जोखिम बढ्ने उनले बताए ।

कार्यक्रममा  नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सके नसर्ने रोगको जोखिमबाट बच्न सकिने बताए । उनले  २० मिनेट मात्रै धूम्रपान नगर्दा पनि  उच्च रक्तचाप, पल्स रेड र शरीरको तापक्रम सामान्य अवस्थामा ल्याउन सकिने बताए ।आठ घण्टा धूम्रपान नगर्दा ९३.७५ प्रतिशत निकोटिन लेभल घट्ने उनले जानकारी दिए ।

यस्तै दुई हप्ता धूम्रपान गर्दा रक्तसञ्चार र दाँतमा गमको मात्रा सामान्य अवस्थामा आउने भन्दै डा. कार्कीले सुर्तीजन्य पदार्थको प्रयोग न्यूनीकरण गर्नुपर्नेमा जोड दिए । चुरोटको धुवाँमा ४ हजार प्रकारका केमिकल हुने बताउँदै ५० वटाले क्यान्सर बनाउने जानकारी दिए ।

 कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सुर्तीजन्य पदार्थको कर र मूल्य बढाउन सके पनि केही हदसम्म नियन्त्रण गर्न सकिने बताए ।  दक्षिण एसियामा सबैभन्दा सस्तो सुर्तीजन्य पदार्थ नेपालमा रहेको  जानकारी दिँदै यसको मूल्य बढाउनुपर्ने उनले बताए । साथै, उनले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न बनेको ऐन कार्यान्वयन गर्न सबै पक्ष लाग्नुपर्ने बताए । उनले सुर्तीजन्य पदार्थको कर ३०० प्रतिशत बढाउन सुझाव दिए ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सुर्तीजन्य पदार्थको नियन्त्रणको प्रयास यस अघि गरिएको भए पनि निरन्तरता दिन नसकिएको बताइन ।उनले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न भरतपुर महानगरपालिका सधैँ लागिपर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले सबैको सहकार्यमा एन कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताइन् । मञ्चका अध्यक्ष सरोज ढुङ्गेलले स्वाथ्य पत्रकार मञ्चले सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न बनेको एन कार्यान्वयन गराउन सबै निकायलाई सचेत गराउने बताए ।

प्रतिक्रिया दिनुहोस्