नयाँ वर्षमा ५ दिने हाटबजारसँगै  खेलकुद 

0
Shares

उदयपुर। 

जिल्लाको लिम्चुङबुङ गाउँपालिकाले ‘हामी मिलेर हाम्रो गाउँको विकास गर्छौँ’ अवधारणा अन्तर्गत  नयाँ वर्ष २०८० को अवसरमा भोलि (शुक्रबार ) देखि ५ गते सम्म  बृहत् हाटबजार सञ्चालन गर्ने भएको छ। गाउँपालिकाको केन्द्र बाराहा(कटुवाल भञ्ज्याङ राईचोक)मा संचालन हुने उक्त हाटबजार प्रदेश सांसद नारायण बुर्जा मगरले   समुद्घाटन  गर्ने  पालिका अध्यक्ष मेजर कुमार राईले जानकारी दिए  ।

हाटबजारमा  स्थानीयवासीले उत्पादन गरेको तरकारी ,फलफूल , पशुपन्छी आदिको बिक्री वितरणको लागि बजार व्यवस्थापन  सुरुवात गरेको  बजार व्यवस्थापक संयोजक कर्ण शेर राईले बताए ।

यस गाउँपालिकामा अध्यक्ष कृषि परियोजना अगाडि बढाएको  केही समय भइसकेको  छ । यस योजना अन्तर्गत उत्पादक कर्ता कृषकहरूले  विभिन्न तरकारी र गोलभेँडा उत्पादन गरिरहेका छन् भने विभिन्न प्रजातिका एभोकाडो , ड्रागन फ्रुट ,सुन्तला , किवी कागती आदि फलफुलकाहरूको खेती सुरुवात  गरेका छन् ।

यस गाउँपालिकामा ५ वटा वडाहरू रहेका छन् ।   पहाडी क्षेत्र र भोैगोलीक समस्या कारण कृषकले उचित बजार नपाएर समस्या भएकाले पालिकाले नै अब हाटबजार लगाउने योजना अगाडि सारेको संयोजक राईले बताए ।

उक्त  हाटबजारसँगै वडा स्तरीय फुटबल र अन्तर पालिका र नगरपालिका स्तरीय खुल्ला महिला तथा पुरुष भलिबल आयोजना गरेको युवा तथा खेलकुद  समितिका अध्यक्ष मनोज बुढाथोकीले  बताए ।

फुटबलमा  पहिलो पुरस्कार राशि ५० हजार , दोस्रो ३० हजार , तेस्रो २० हजार, भलिबल तर्फ  महिला र पुरुषलाई बराबर पुरस्कार राशि पहिलो १ लाख , दोस्रो ६०हजार  , तेस्रो ४०  हजार रहेको अध्यक्ष बुढाथोकीले बताए ।

लिम्चुङबुङको जनताले फरक ढंगले समृद्धि हासिल गर्ने सोचले शुरु गरेको उक्त कार्यक्रमको अवलोकन गर्न सम्पूर्ण महानुभावहरुलाई आउनको लागि गाउँपालिका अध्यक्ष राईले अनुरोध  गरे ।