वालकुमारी सृजना क्लबद्वारा ६ जना सम्मानित 

0
Shares

 ललितपुर ।

श्री वालकुमारी सृजना क्लबले विभिन्न क्षेत्रका ६ जनालाई सम्मान गरेको छ । ललितपुर महानगरपालिका–१८ संैबुमा आयोजित कार्यक्रममा समाजसेवी एवं रोटरी क्लब अफ सैबु भैसेपाटीका सन् २०२२–२०२३ का अध्यक्ष मिलन थापा, खेलकुदतर्फ क्योकुसिन कराँते महासंघका अध्यक्ष एवं वालकुमारी सृजना क्लबका निवर्तमान अध्यक्ष शालिकराम कुँवर , भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ बोस,सैबु भलिबल क्लबका अध्यक्ष एवं जावलाखेल भलिबल प्रशिक्षणका पूर्व प्रशिक्षक धिरज कुँवर, समाजसेवी वासुदेव खड्का र नेपाल समाचारपत्रका पत्रकार एवं क्लबका सल्लाहकार ईश्वरराज ढकाललाई सम्मान गरिएको थियो ।

 

कार्यक्रममा क्लबका अध्यक्ष दीपक थापामगर र क्लबका सल्लाहकार  मिलन थापाले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष थापामगरले क्लबले विभिन्न क्षेत्रमा योगदान गरेबापत सम्मान गरेको बताउनुभयो । सम्मानित हुने भारोत्तोलन संघका अध्यक्ष, बोस, क्योकुसिन कराटे महासंघका अध्यक्ष कुँवर, सैबु भलिबल क्लबका अध्यक्ष धिरज कुँबर र समाजसेवी थापाले क्लबले गरेको सम्मानले आफ्नो क्षेत्रमा थप ऊर्जा मिलेको बताएका थिए ।

कार्यक्रममा कार्यक्रम सञ्चालक एवं क्लबका उपाध्यक्ष किशोर कुँबरले क्लबलाई विभिन्न समयमा राय सुझाव दिने र क्लबको प्रगतिमा हातेमालो गर्ने विभिन्न क्षेत्रका महानुभावलाई सम्मान गरेको बताउनुभयो ।

२०३५ सालमा दर्ता भई २०७१ सालदेखि निरन्तर समाजसेवामा लागि रहेको क्लबले विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको छ ।

सम्मान कार्यक्रममा बोल्दै ललितपुर–१८ का वडा अध्यक्ष दामोदर खड्काले क्लबको समग्र विकासमा वडाले निरन्तर सहयोग गर्ने बचनबद्धता जनाउनुभयो ।