१० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न बारको अल्टिमेटम

0
Shares

काठमाडौं ।

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न अल्टिमेटम दिएको छ । लामो समयदेखि कामु प्रधानन्यायाधीशबाट न्यायालय चलिरहेको भन्दै बारले अबको १० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया नथाले आन्दोलन गर्ने चेतावनी दिएको हो ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले १० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया नथाले आन्दोलन गर्ने चेतावनी दिएका हुन् । यसका लागि बिहीबार प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने पनि उनले जानकारी दिए ।

एक वर्षदेखि न्यायपालिका नेतृत्वबिहीन भएकाले अब बार चुप लागेर नबस्ने भन्दै अध्यक्ष घिमिरेले १० दिनभित्र पनि प्रधानन्यायाधीश प्रक्रिया अघि नबढाइए आन्दोलनका कार्यक्रम सार्वजनिक गरेर संघर्षमा उत्रिने चेतावनी दिए । प्रधानन्यायाधीश नहुँदा कार्यपालिका र व्यवस्थापिकाले न्यायपालिकालाई हेपेको उनको भनाइ छ ।