रातो मच्छिन्द्रनाथको प्रतिमूर्तिको जिम्मा र्कीतिपुर नगरपालिकाले लिने

प्रतिमूर्ति गुठी संस्थानको बन्द कोठामा नभई कीर्तिपुरभित्रै राख्ने सहमति

0
Shares

काठमाडौं ।

कीर्तिपुर नगरपालिकाले प्यंगःथांमा प्रतिस्थापन गरिएको रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति त्यहाँबाट हटाई सुरक्षित स्थानमा राख्ने निर्णय गरेको छ ।

यस निर्णयसंगै चार महिनादेखि शुरु प्रतिमूर्ति विवाद क्रमशः साम्य हुने परिस्थिति बनेको छ । नगरपालिकाका प्रमुख राजकुमार नकर्मी,उपप्रमुख सुनीता शाक्य सहित सो क्षेत्रका दाफा बाजं खलःसहितको सरोकारवालाहरुको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो।

गत पुस २५ गते पुरातत्व विभागले सो मूर्ति प्यंगःथांबाट हटाउन भनिएको मात्र बुधबार बसेको बैठकले त्यहाँबाट हटाउने मात्र नभई उचित स्थान राख्न नगरपालिकाले जिम्मेवारी लिने निर्णय गरेको थियो। बैठकमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटा, मूर्ति प्रतिस्थापन गरिएको क्षेत्र रहेको वडा – २ का वडाअध्यक्ष रुपेश महर्जन सहित वडाध्यक्षहरु, सञ्चारकर्मीहरु, सांस्कृतिक अभियन्ताहरुको उपस्थिति रहेको थियो।

यस अघि चैत्र १४ गते मंगलबार ललितपुर महानगरपालिकामा बसेको बैठकमा महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सो मूर्ति त्यहाँबाट हटाएर ‘गुठी संस्थानको बन्द कोठामा राख्ने बताउनुभएको थियो।तर बुधबारको बैठकमा कीर्तिपुरबासीको धार्मिक आस्थालाई समेत मध्यनजर गरी नगरपालिकाले मूर्तिलाई कीर्तिपुरभित्रै व्यवस्थापन गर्ने निर्णय गरिएको नगरपालिकाका मेयर नकर्मीले बताउनुभयो।

मेयर नकर्मीले सोमबार बाघभैरवमा आयोजित एक समारोहमा रातो मच्छिन्द्रनाथ र कीर्तिपुरसंग जोडिएको परम्परा,सांस्कृतिक एकतालाई ध्यानमा राखेर सो मूर्ति त्यहाँ बाट सार्वजनिक रुपममै आग्रह गर्नुभयो। प्रतिमूर्तिका विषयमा पुरातत्व विभागको पछिल्लो निर्णय, श्री ह्यग्रीव भैरवनाथ ३२ पानेजु संघ, मूर्ति स्थापना गर्न पहल गर्ने कीर्तिपुर प्यंगःथाःको सुखी गंछें समाजको भावना र आकांक्षा र प्राप्त सुझाव समेतलाई ध्यानमा राखेर सो निर्णय गरिएको नगरपालिकाले जनाएको छ । मच्छिन्द्रनाथको पुजारीहरुको तर्फबाट पानेजु संघले सो स्थानबाट प्रतिमूर्ति नहटाएसम्म त्यहाँ गएर पानेजुहरुले फूल चढाउने परम्परालाई निरन्तरता नदिने अडान राख्दै आएको थियो।

कीर्तिपुरको सो स्थानमा मच्छिन्द्रनाथको प्रतिमूर्ति स्थापना भएपछि शक्ति स्वरुपा कन्या कुमारीलाई प्रसाद ग्रहण गराउने परम्पराको औचित्यमाथि प्रश्न उठेको संघका अध्यक्ष यज्ञरत्न शाक्यको कथन रहेको छ।मूर्ति हटाउन पानेजुहरु निरन्तर पुरातत्व विभाग, गुठी संस्थान, नगरपालिका हुँदै राष्ट्रपति कार्यालयमा समक्ष धाएका थिए ।

हरेक वर्ष रातो मच्छिन्द्रनाथलाई भोटो जात्राको लागि थतिटोलबाट तानेर जावलाखेल पु¥याउने चार दिन अघि मच्छिन्द्रनाथका पुजारी (जल पानेजु)  प्रसाद लिएर प्यंगःथांमा पुगेर शक्ति स्वरुपा कन्या (याकः मिसा) लाई प्रसाद ग्रहण गराउने परम्परा रहेको छ।रातो मच्छिन्द्रनाथ तन्त्रसाधानासंग जोडिएको देवता भएकोले प्रतिमूर्ति राख्ने गरेको इतिहास पाइएको छैन।

प्रतिमूर्ति राखिएसंगै सो परम्पराले यस पटक निरन्तरता पाउलान् कि नपाउलान् भनेर अन्यौल छाएको थियो। विवादलाई नजिकबाट नियालिरहेकाहरुले मच्छिन्द्रनाथको प्रतिमूर्तिलाई त्यहाँबाट हटाई त्यसको कला र बनाउने प्रविधिलाई कदर गर्दै कीर्तिपुरको प्यंगःथां बाहेक कीर्तिपुर को कुनै अन्य स्थान वा संग्रहालय वा गुठी संस्थानको जिम्मा सुरक्षित तवरले राख्न सकिने मध्यममार्गी सुझाव दिएका थिए ।

नगरपालिकाले प्रतिमूर्ति स्थापनासंग प्रत्यक्ष सरोकारको सहमतिमा सो निर्णय गर्नुलाई बुद्धिमानी कदमको रुपमा सांस्कृतिक अभियन्ताहरुले त्यसको प्रशंसा गरेका छन्।ललितपुर महानगरपालिकाले प्रतिमूर्ति हटाउने निर्णय गर्दा ‘ पेलेर एकपक्षीय निर्णय गर्न खोजेको’ भन्दै सुखी गंछें समाजका पदाधिकारीहरु महानगरपालिकाको बैठकबाट बाहिरिएका थिए।

नगरपालिकाको निर्णयलाई सकारात्मक रुपमा लिएको जनाउँदै समाजका सचिव नारायण महर्जनले त्यहाँबाट हटाएर अर्को ठाउँमा राख्ने विषयमा अझ छलफल गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो। ‘समाजका प्रतिनिधिहरुलाई पुनः वार्तामा बोलाएर प्रतिमूर्ति निर्णय गर्नले त्यसमा सबैको स्वामित्व हुने नै भयो।अर्कोतर्फ कीर्तिपुर र ललितपुरको सांस्कृतिक सद्भाव र धार्मिक एकतालाई अझ बल पु¥याएको छ ।

’ प्रतिमूर्ति हटाउन लगातार पैरवी गदै आएका कानून व्यवसायी प्रकाश अवालेले भन्नुभयो। नगरपालिकाको निर्णयलाई छिटोभन्दा छिटो कार्यान्वयन गरी यही बैशाख ११ गतेदेखि शुरु हुने रथयात्रालाई थप रौनक दिनुपर्ने सांस्कृतिक अभियन्ता पृथविन्दु महर्जनको जोड रहेको छ ।