आनन्दसँगसँगै विद्यार्थीले गीत गाएपछि …

0
Shares

राजधानीको नैकापस्थित ब्राइट फुयुचर र माविको वार्षिकोत्सवलाई कलाकारहरुले भव्य बनाइदिएका छन्।

आइतबार र सोमबार विद्यालयको प्रांगणमा आयोजित वार्षिकोत्सव कार्यक्रमलाई नायिका रेखा थापा, गायक आनन्द कार्कीलगायतले भव्य बनाइदिएका हुन्। आइतबार ब्राइट किन्डरवल्र्डका ससाना विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने नायिका रेखा थापाको आतिथ्यतामा नर्सरीदेखि कक्षा चारसम्मका विद्यार्थीको ग्राजुएसन कार्यक्रम सम्पन्न भएको थियो।

त्यसैगरी, सोमबार कक्षा पाँचदेखि नौसम्मका विद्यार्थी सांस्कृतिक कार्यक्रममा झुमेका थिए। सो अवसरमा विद्यार्थीहरुले सिर्जना गरेका चित्रकला प्रदर्शन गरिएको थियो। चन्द्रागिरि नगरपालिकका मेयर घनश्याम गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गायक आनन्द कार्कीले आप्mना लोकप्रिय गीत संगीत प्रस्तुत गरेर विद्यार्थी तथा अभिभावकलाई झुमाएका थिए।

गायक कार्कीका साथ कक्षा १० की छात्रा आरती कुमालले व्यावसायिक गायिकाकै शैलीमा गीत गाएपछि विद्यार्थी र अभिभावकले रमाउँदै हुटिङ गरेर र सँगसँगै गीत गाएर उनीहरुलाई साथ दिएका थिए। कार्यक्रममा काठमाडौं जिल्ला शिक्षा समन्वय समितिका प्रमुख नन्दलाल पौडेल, आयोजक विद्यालयका प्रधान अध्यापक दयाराम थापा र अध्यक्ष मोहन कार्कीले व्यावहारिक शिक्षासँगै अतिरित्त क्रियाकलापले विद्यार्थीको शिक्षामा पार्ने सकारात्मक प्रभावबारे चर्चा गरेका थिए।