राज र श्रद्धाको मेसो मिलाएर ट्रेन्डिङमा

0
Shares

राज कटुवाल र श्रद्धा क्षेत्रीले अभिनय गरेको मनका कुरा गरौंला नि यसो मिलाएर, भोलि दिउँसो भेट्न आऊ है मेसो मिलाएर बोलको गीतको भिडियो टिकटकको नेपाल टझेन्डिङमा परेको छ।

निशान भद्मराई र अस्मिता अधिकारीको स्वर, दिग्गज द्यौरालीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतमा राज र श्रद्धाले प्रेमी प्रेमिकाका रुपमा अन स्क्रिन रोमान्स गरेका छन्। डेढ महिनाअघि युट्युबमा रिलिज भएको गीतको विभिन्न अंशमा ७ लाख बढी टिकटक बनेको छ भने युट्युबमा दैनिक एकदेखि डेढ लाख भ्युज रहेको छ।