भिडियोमा सपनाको घर

0
Shares

गायक तथा युवा उद्यमी आरोहण श्रेष्ठको शब्द रचना र गायनमा तयार पारिएको सपनाको घर बोलको गीत राजधानीमा सोमबार आयोजित एक कार्यक्रमका बीच म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।

जेनेसिस इभेन्टस प्रालिको पहिलो प्रस्तुति रहेको सपनाको घरको भिडियोमा नायक नायिका शिशिर शिवाकोटी र नम्रता सापकोटाले अभिनय गरेका छन्। प्रेम कथामा आधारित गीतको म्युजिक भिडियोको निर्देशन युवा निर्देशक नारायण प्रधानले गरेका छन्।

इलाम, झापा लगायतका स्थानमा छायांकन गरिएको म्युजिक भिडियोको छायांकन रोशन मर्हजन र अनिश तामाध्रले गरेका छन्। गीतमा कोविद बज्र र बिकेश बज्रको संगीत रहेको छ।