तीन महिनापछि नेपालमा कोरोनाबाट एक जनाको मृत्यु



काठमाडौँ। 

बढ्दै गरेको कोरोना सङ्क्रमणका कारण झन्डै तीन महिनापछि नेपालमा कोरोना सङ्क्रमित १ जना ७८ वर्षका बिरामीको काठमाडौँको एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार २ हजार ४ सय ३६ जनामा गरिएको परीक्षणमा एक सय छ नयाँ सङ्क्रमित पुष्टि भएसँगै १ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाको नयाँ भेरियन्ट पत्ता लागेसँगै भारतमा पनि यही भाइरस फैलिएको र खुल्ला सिमानामा स्वास्थ्य परीक्षण गरेर मात्र नेपाल प्रवेश दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मङ्गलवार ४८ जना कोरोना सङ्क्रमित उपचारपछि घर फर्किएसँगै हाल सम्म ४ सय ६९ जना नयाँ कोरोना सङ्क्रमित प्रमाणित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय कोरोना सङ्क्रमण बढेसँगै कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या ४२ हजार ४ सय ९७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट देखिएसँगै कोरोना खोप जेष्ठ नागरिक, दीर्घरोगी, स्वास्थ्यकर्मी लगायतलाई अनिवार्य रुपमा लगाउन अनुरोध गरेको छ ।

कोरोना सङ्क्रमण वृद्धिदर केही साता अझै बढ्ने स्वास्थ्य विज्ञहरुको ठम्याईछ । पछिल्लो समय देखा परेको कोरोना सङ्क्रमण छिटो फैलने खालको भएकाले रुघा, खोकी लागेको हो भनेर नबसौँ परीक्षण गरेर रोगको पहिचान सहित सुरक्षा अपनाउँ स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा.समीर कुमार अधिकारीले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्