कोशी अस्पतालसँग मिर्गौला प्रत्यारोपण गर्ने सहमति



काठमाडौँ । 

नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार देशैभर सर्वसुलभ र सर्वसाधारणको पहुँचमा मिर्गौला प्रत्यारोपण कार्यको थालनी सातै प्रदेशमा गर्नको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्झौता भएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिवद्वय डा रोशन पोख्रेल र देव कुमारी गुरागाईँको पहलमा देशका सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिने क्रममा  शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र कोशी अस्पतालबीच मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको हो ।

सम्झौता पत्रमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठ र कोशी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रबिना राज सिंहले संयुक्त रुपमा हस्ताक्षर गर्नु भएको छ । मस्तिष्क मृत्यु पश्चात् हुने अंगदान र अंग प्रत्यारोपण पनि गर्ने सहमति भएको छ ।

उक्त कार्यक्रममा कोशी अस्पतालका कर्मचारीहरुको साथ सहयोग र उपस्थिति थियो ।

प्रत्यारोपण सेवा सुरु गर्नको लागि भौतिक पूर्वाधारहरु तायार हुँदै गरेको र जनशक्ति विकासको लागि तत्कालै कोशी अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गरी आत्मनिर्भर बनाउनको लागि केन्द्रमा तालिममा पठाउने  सहमति भएको छ । कोशी अस्पतालको जनशक्ति प्राविधिक रुपमा प्रत्यारोपण गर्न सक्षम नहुँदा सम्म केन्द्रले प्राविधिक जनशक्ति र अन्य प्राविधिक सहयोग समेत गर्ने सहमति भएको जानकारी गराइयो ।

केन्द्रको पहलमा यस अघि गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा र कर्णली प्रदेशको प्रदेश अस्पताल सुर्खेतमा प्रत्यारोपण सेवा सुरु भै सकेको छ । सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्नको लागि केन्द्रले सुदूर पश्चिम प्रदेश अन्तर्गत सेती प्रादेशिक अस्पताल धनगढी र बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पताल पनि प्रत्यारोपण सेवा स्ुरु गर्ने सहमति पत्रमा हस्ताक्षर गरिसकेको डा.पुकारचन्द्र श्रेष्ठले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्