बहुविवाह मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

0
Shares

झापा ,

बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले उनीहरूलाई सोमबार पक्राउ गरी मंगलबार जिल्ला अदालतमा उपस्थित गराएको हो ।

पक्राउ पर्नेमा शिवसताक्षि नगरपालिका १० का ३७ वर्षीय मोहन शम्शेर योङ्हाङ र सोही ठाउँकी २७ वर्षीय पुजन सेलिङ अधिकारी रहेकी छन् । उनीहरूलाई फैसला कार्यान्वयनको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जानकारी दिए