भन्सार छलेर ल्याउँदै गरेको कपडासहित मिनि ट्रक प्रहरीको नियन्त्रणमा



सिरहा । 

सिरहा जिल्लाको लहान नगरपालिका २ स्थित लहान बजारबाट चैत्र मंगलबार सशस्त्र प्रहरीले ३३ लाख ७० हजार ६ सय रुपैयाँ बराबरको मिनि ट्रक र लत्ताकपडा नियन्त्रणमा लिएको छ ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको लत्ताकपडा सहितको ट्रक सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस लहान र प्रस्तावित सीमा सुरक्षा गुल्म ईनर्वाले नियन्त्रणमा लिएको हो ।

गस्तीमा रहेको सशस्त्र प्रहरीले प्र. २–०१ ००१ ख ०२९८ नम्बरको मिनि ट्रक रोकी जाँच गर्न खोज्दा ट्रक चालक ट्रक रोक्ने वित्तिकै फरार भएका थिए ।

नियन्त्रणमा लिइएको ट्रक र लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्