स्लोभाकिया पठादिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ

0
Shares

काठमाडौँ।

स्लोभाकिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको फागुनन्द गाउँपालिका–३ घर भएर ललितपुर बस्ने एकराज नेम्वाङ छन् ।

४६ वर्षीय नेम्वाङले स्लोभाकियाको सपना देखाएर १२ लाख रुपैयाँ ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । स्लोभाकिया जान १२ लाख लाग्ने र त्यहाँ प्रति महिना २ लाख कमाई हुने सपना देखाएर उनले पीडितहरुलाई विश्वासमा लिएका थिए ।

प्रहरीले गोंगबुबाट पक्राउ गरेर उनलाई वैदेशिक रोजगार विभागमा बुझाएको छ ।