उद्योगी व्यवसायीका उम्मेदवारलाई दलको छहारी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारण सभा आज र भोलि हु“दैछ । यसपटकको साधारण सभाले नेतृत्व चयन गर्ने भएको हु“दा उद्योगी व्यवसायीहरू तीनवटा समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

सरकारी संयन्त्रपछिको शक्तिशाली संगठनका रूपमा दाबी गर्ने निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा पुग्न उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष तीन वर्षपछि हुने अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्ष्ँका उम्मेदवारको नेतृत्व प्यानल निर्माण भएको हो ।

चैत २९ मा हुने निर्वाचनमा ६४ पदका लागि ११८ जना मैदानमा उत्रिएका छन् । तीनमध्ये दुई जना निर्विरोध भएका छन् । लुम्बिनी प्रदेश सदस्यमा जमशेर मिया“ र द्विराष्ट्रिय सदस्यमा सुनील केसी निर्विरोध भएका हुन् । त्यसबाहेक वरिष्ठ उपाध्यक्ष पदमा तीन, जिल्ला तथा नगरतर्फका उपाध्यक्षमा तीन, वस्तुगततर्फका उपाध्यक्षमा तीन र एसोसिएटतर्फका उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै, जिल्ला नगरतर्फ १८ सदस्यका लागि ३२, वस्तुगतर्फ १४ सदस्यका लागि २८ र एसोसिएटतर्फ १९ सदस्यका लागि २९ जनाको उम्मेदवारी परेको छ । प्रदेश सदस्यतर्फ कोसी प्रदेशमा १ सदस्यका लागि ३, मधेसमा १ सदस्यका लागि २, बाग्मतीमा १ सदस्यका लागि २ र गण्डकीमा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ । कर्णाली प्रदेशमा १ सदस्यका लागि ३ र सुदूरपश्चिम प्रदेशमा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ ।

संस्थापक समूहबाट १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ । मनोनित, प्रदेशबाट निर्वाचित भइसकेका गरी महासंघको कार्यसमिति भने ७७ सदस्यीय हुनेछ ।

महासंघमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघतर्फ १ सय २१ सदस्य, वस्तुगततर्फ १ सय २३, द्विराष्ट्रियतर्फ १२ र एसोसिएटतर्फ १ हजार ७ सय ६२ गरी २ हजार १८ सदस्यले मतदान गर्नेछन् ।महासंघको मतभार भने जिल्ला÷नगर उद्योग संघको ५०, वस्तुगतको २०, द्विराष्ट्रिय र एसोसिएटको १५÷१५ प्रतिशत छ । अन्य पदमा बहुमतका आधारमा विजेता घोषणा गरिने भए पनि वरिष्ठ उपाध्यक्षले ५० प्रतिशत मत कटाउनुपर्ने छ । वरिष्ठ उपाध्यक्षले ५० प्रतिशत मत प्राप्त नगरे दोस्रोपटक निर्वाचन गर्नुपर्नेछ ।

महासंघ मुख्यतया उद्योगी व्यावसायीको छाता संस्था भए पनि यसपटकको निर्वाचनमा राजनीतिक रङसमेत मिसिएको उद्योगी व्यवसायीहरू बताउ“छन् । ‘उद्योगी व्यवसायीहरू कुनै पार्टी वा संगठनको खुलेर समर्थन त गर्दैनन् तर यसपटकको महासंघको निर्वाचनमा सत्ता राजनीतिकको प्रभाव देखिएको छ,’ स्रोतले भन्यो । स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष्ँका उम्मेदवार उमेशलाल श्रेष्ठ समूहलाई प्रतिपक्षी दल नेकपा एमालेको सदासयता रहेको देखिन्छ भने रामचन्द्र संघईलाई सत्ताको मुख्य घटक नेपाली कांग्रेस त्यो पनि संस्थापन पक्षको ‘ग्रिन सिग्नल’ रहेको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष्ँका अर्को प्रत्यासी अञ्जन श्रेष्ठलाई नेपाली कांग्रेसको संस्थापन इतरपक्षको सहानुभूति रहेको स्रोतको दाबी छ । महासंघका उम्मेदवारलाई राजनीतिक दलहरूको रङ मिसाउन उनीहरूको पारिवारिक पृष्ठभूमि र उम्मेदवारको पक्ष्ँमा माहोल सिर्जना गर्न लागेका व्यक्तिको गतिविधिले पनि बल पु¥याएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठका छोरासमेत रहेका हु“दा उमेशलाल श्रेष्ठलाई प्रतिपक्ष दल एमालेको सदायता हुनु स्वभाविक देखिन्छ । साथै, राजनीतिक रूपमा एमालेमा आबद्ध व्यावसायिक नेताहरूले श्रेष्ठको खुलेरै समर्थन गरिरहेका छन् ।

उता नेपाली कांग्रेसको संस्थापन पक्षको ‘ग्रिन सिग्नल’ पाएको भनिएका रामचन्द्र संघईको उम्मेदवारी घोषणा सभामा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका व्यक्तिहरू समेत सहभागी थिए । उक्त सहभागितासहित केही जिल्लाका प्रतिनिधिले खुलेरै देउवा समूहको सन्देश प्राप्त भएकोे कार्यक्रममा सार्वजनिक गरिरहेका थिए ।

व्यवसायीहरूको निर्वाचन भएकाले थोरै खर्चिलो हुनु स्वभाविक भए पनि महासंघको निर्वाचन भड्किलो बन्दै गएको उद्योगी व्यवसायीको गुनासो छ । महासंघको नेतृत्वमा उद्योगी व्यवसायीका मुद्दा बोक्ने र सरकार तथा राजनीतिक दलका भातृ संगठनस“ग बहस गर्न सक्नेभन्दा पनि चुनावमा करोडौं रुपिया“ खर्च गर्नसक्ने व्यक्ति नेतृत्वमा पुग्ने अवस्था सिर्जना भएको पुराना उद्योगी व्यवसायीहरू बताउ“छन् । नेपालको अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको र महासंघको नेतृत्वले आफ्नो मात्रै होइन देशभरका उद्योगी व्यवसायीको संरक्षण गर्नुपर्ने भएकाले त्यसका निम्ति नीति निर्मातासक्षम दरिलो उपस्थिति जनाउनुपर्ने अवस्था छ । तर, महासंघको आगामी नेतृत्व अपेक्षाकृत हुनेमा निजी क्षेत्रका अगुवाहरू शंका व्यक्त गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्