पूर्वअर्थमन्त्री शर्मालाई कोरोना संक्रमण

0
Shares

काठमाडौँ।

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ।

शर्माले सामाजिक संजालमार्फत् आफूलाई तेस्रोपटक कोरोना संक्रमण भएको जानकारी दिएका छन्।

‘कोभिड–१९ द्वारा तेस्रो पटक संक्रमित।’ शर्माले लेखेका छन्, ‘पहिलो र दोस्रो पटकको संक्रमण जस्तो नभए पनि कोभिड त कोभिड नै रहेछ।’

पछिल्लो समय देशभर कोरोना संक्रमण बढ्दै गएको छ ।