भरतलाई खेलकुदमा उचाइले साथ दिएन र्यापमा मिल्यो सफलता

0
Shares

करिब डेढ दशकदेखि संगीत क्षेत्रमा सक्रिय छन् गायक भरत समरी।

कक्षा आठ पढ्दादेखि नै कोरस गायनमा सक्रिय समरी त्यसको केही समयपछि नेपालगञ्जबाट कोरस गीत गायनका लागि काठमाडौं आए। काठमाडौंमा गायक कमल खत्रीसँग भेट भएपछि उनकै सल्लाहमा संयुक्त रुपमा कल अवे बोलको गीत रेकर्डपछि उनको बाटो ड्डयाप गाएनतर्फ मोडियो।

हुन त म स्पोर्टसमा रुचि राख्थे। फुटबल र म्याराथन रेस खेलेर धेरै मेडल पनि जितेको थिएँ, तर पछि मेरो हाइटका कारण राष्टिझयस्तरका विभिन्न चरणमा फालिएपछि मैले आप्mनो करियर चेन्ज गरे। करियर चेन्ज गर्ने क्रममा पहिलेदेखि नै गायनमा रुचि भएकाले यता लागेको हुँ, समरीले सुनाए।

गीत संगीतको संख्या बढाउनुभन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्छ भन्ने सोचका भरतले र्यापमा पनि नयाँ प्रयोग गरे। यस क्रममा उनले धेरैजसो बालबालिकालाई लोभ्याउने गीत गाए र त्यसैबाट लोकप्रियता कमाइरहेका छन्। तेरो बाउ मेरा बाउ माछा मार्न गयो, कुखुरी काँ, बोल बोल माया हृदय खोललगायत करिब तीन दर्जन ड्डयाप गीत गाएका उनले सांगीतिक कार्यक्रमको सिलसिलामा करिब आधा दर्जन देशमा पुगेर आप्mनो प्रस्तुति दिएका छन्।

गायनका क्रममा भरतले नेपालीबाहेक विदेशी भाषाका गीत पनि गाएका छन्। उनले बंगलादेशी गायक रवि नईसलाम, साउदी अरेबियन गायक माया खान तथा भारतीय गायकका साथ संयुक्त रुपमा नेपाली, हिन्दी र बंगाली भाषामा गीत गाउनुका साथै एल्बमसमेत निकालेका छन्। गीत, संगीत र गायनको कुनै पनि औपचारिक शिक्षा नलिएको बताउने उनी भन्छन्, मैले गीत गाउनका लागि आजसम्म कुनै क्लास लिएको छैन। रियाज पनि गरेको छैन। गीत गाउनुअघि केही समय प्राक्टिस मात्र गर्ने हो, जे छ गड गिफटेड नै हो। सुरुमा म अरुको एल्बमका लागि र्याप गाउँथें। मलाई नाम चाहिँदन भनेर पारिश्रमिक लिन्थे। तर, पछिल्लो समयचाहिँ दर्शकमाझ आफू पनि चिनिनुपर्छ भनेर आइरहेको छु।

पछिल्लो समय ड्डयाप गायनमा सामजमा असहज लाग्ने शब्द प्रयोग गरिएको पाइन्छ। तर, भरत भने आफ्ना गीत सन्देशमूलक हुने गरेको बताउँछन्। आफू कसरी प्रस्तुत हुने भन्ने आआफ्नो तरिका हुन्छ। मैले सन्देशमूलक ड्डयाप मात्र गाउने गरेको छु। साथै, मेरा प्रत्येक गीत मेरो जीवनमा जोडिएका छन्। मेरो बुबा र दाइ हुनुहुन्न। उहाँहरुको हत्या गरिएको थियो। मैले उहाँको बारेमा गीत गाउँदा दर्शक निराश भएपछि त्यो गीत गाउन छोडे। बुबा र दाइ बितेपछि मैले कहीँबाट बुनै कानुनी सहयोग पाइन, तर कुनै दिन राम्रो स्थानमा पुगें भने यो कुरा अवश्य उठाउने छु, उनले निराशा पोख्दै भने।

पछिल्लो समय ड्डयाप गीत गायनमा राम्रो गर्न सके राम्रो कमाइ हुने भरत सुनाउँछन्। राम्रो गरिरहन सके कमाइ पनि राम्रो छ। तर, यहाँ प्रतिभाभन्दा बढी चटक बढी बिक्न थाल्यो। एक दिनको रमझममा सबै जना भुल्ने रहेछन्ु उनको दुःखेसो छ।